तेस्रो द ब्रिटिस कप इन्टरकलेज फुटसल टुर्नामेन्ट हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । द ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टरकलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । यही अगस्ट ४ देखि ५ सम्म बालुवाटारस्थित ढुकु फुटसलमा खेल आयोजना हुने भएको हो ।

पहिलो र दोस्रो द ब्रिटिस कप क्रमशः सन् २०१८ र २०१९ मा आयोजना भएको थियो । तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन । तेस्रो प्रतियोगितामा १३ कलेजहरूबीच प्रतिस्पर्धा हुनेछ ।

ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपिएस कलेज, एस इन्टरनेसनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिँदैछन् ।

विजयी टिमले एक लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ५० हजार, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले दस हजार रुपैयाँ नगद पाउनेछन् । उक्त प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?