अध्यक्षमा चुनाव लड्ने मास्केको घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले संघको आगामी चुनावका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच मास्केले अध्यक्ष पदमा चुनाव लड्ने घोषणा गर्नुभएको हो ।

डेढ दशकदेखि संघमा रहेर भलिबलको विकासमा योगदान गरेको बताउँदै उहाँले आफूले चुनाव जितेर संघलाई नयाँ उचाइमा पुर्‍याउने जिकिर गर्नुभएको छ । नेपालको भलिबलको समग्र विकासका लागि प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचना क्षेत्रमा काम गर्ने भन्दै पाँच प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

कार्यसमिति सदस्यका रूपमा भलिबल संघमा प्रवेश गर्नुभएकी मास्के कोषाध्यक्ष हुँदै उपाध्यक्ष पदमा कार्यरत हुनुहुन्छ । भलिबल संघको चुनाव आगामी भदौ २१ गते हुँदैछ ।

दुई वर्षअघि हुनुपर्ने संघको निर्वाचन कोरोना भाइरस (कोभिड-१९) को प्रभाव र खेलकुदको नयाँ ऐनका कारण स्थगित हुँदै आएको थियो । संघको पछिल्लो पूर्ण बोर्ड बैठकले भदौको अन्तिम साता चुनावी साधारणसभा गराउने निर्णय गरेको थियो ।

मास्केले यसअघि नै नेतृत्वमा आफ्नो नाम प्रस्तुत गर्दै आउनुभएको थियो । तर, मंगलबार पत्रकार सम्मेलनमार्फत् घोषणापत्र जारी गरेर उहाँले सार्वजनिकरूपमा संघको नेतृत्वमा दाबी प्रस्तुत गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?