चीनले १६ अल्पविकसित देशलाई शून्य ट्यारिफ व्यवस्था गर्ने

Read Time = 1 min

बेइजिङ । चीनले विभिन्न १६ अल्पविकसित देशमा उत्पन्न हुने करयोग्य वस्तुहरूमा कर लाग्ने ९८ प्रतिशत वस्तु र सेवामा शून्य कर लगाउने भएको छ । राज्यपरिषद्को भन्सार शुल्क आयोगले जारी गरेको विज्ञप्तिमार्फत सो बारे जानकारी गराइएको छ ।

सेप्टेम्बर १ मा लागू हुने सो नीतिले ती देशहरूसँग बजारका विभिन्न अवसर आदान-प्रदानगर्न र साझा विकासका लागि जोड दिँदै मानवजातिको साझा भविष्य भएको समुदायको निर्माणलाई प्रवद्धन गर्न मद्धत पुग्ने पनि विज्ञप्तिमा भनिएको छ ।

चीनसँग कूटनीतिक सम्बन्धभएका सबै अल्पविकसित देशहरूमा यो व्यवस्था क्रमशः विस्तार हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?