दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझलाई

Read Time = 2 mins

पोखरा । पोखरामा आयोजना भएको राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझले जितेको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजना गरिएको प्रतियोगितामा उपाधिका साथ साँझले नगद ६ लाख पुरस्कार प्राप्त गर्‍यो ।

फाइनल प्रतिस्पर्धामा नगरकोटले दरबार दोहोरी साँझ काठमाडौंलाई पराजित गरेको थियो । प्रतियोगितामा दरबारी दोहोरी साँझ दोस्रो, जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्रो भए । दोस्रो चर लाख पुरस्कार पाउँदा तेस्रो बनेका दुवै टिमले प्रतिटिम डेढ लाख पाए ।

४५ टिम सहभागी प्रतियोगितामा उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकामा सोही प्रतिष्ठानका सीता परियार घोषित हुनुभयो । अनुशासित टिम धवलागिरि दोहोरो साँझ ओशाका जापान बन्न सफल भए । नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझका शान्ति कार्कीले प्राप्त गर्नुभयो ।

उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई नगद ५० हजारका दरले पुरस्कार दिइएको थियो । प्रतियोगितामा नवप्रतिभा प्रोत्साहन पुरस्कार समेत १० हजार राशिको रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?