काठमाडौं । यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड कोरोनाकालमा अग्रभागमा रहेको बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई प्रदान गरिने भएको छ । अवार्डले स्वास्थ्य क्षेत्रमा विशिष्ट सेवा पुर्याउने स्वास्थ्यकर्मीको योगदानको पहिचान र सम्मान गर्ने उद्देश्यका साथ वार्षिकरूपमा वितरण हुँदै आएको छ ।
आयोजक स्वास्थ्य खबर पत्रिकाका अनुसार यस वर्ष विभिन्न नौ विधामा अवार्ड प्रदान गरिनेछ । जोखिम उठाएर बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शव व्यवस्थापकलगायत विधामा अवार्ड प्रदान गरिने स्वास्थ्य खबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेले जानकारी दिनुभयो ।
भदौ १७ गते अवार्ड वितरण हुने बताइएको छ । आयोजकका अनुसार हालसम्म देशैभरिबाट विभिन्न विधाका सरकारी तथा सामुदायिक संस्थामा कार्यरत करिब पाँच सय स्वास्थ्यकर्मीको नामावली संकलन भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको