गरिमा बैंकको गरिमा डिजी बटुवा

Read Time = 2 mins

काठमाडौं । गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाइल बैंकिङ एपको अपग्रेडेड संस्करण ‘गरिमा डिजी बटुवा’ सार्वजनिक गरेको छ । बैंकका अनुसार डिजी बटुवाले ग्राहकलाई आफ्नो मोबाइल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिन्छ । जसले विभिन्न उपकरणबीच निर्वाधरूपमा कारोबार गर्न पूर्ण डिजिटल बैंकिङको अनुभव दिलाउँछ ।

डिजिटल बैंकिङ प्रयोगको नवीनतम् संस्करण फिनटेक कम्पनी एफवान सफ्टले विकास गरेको हो । गरिमा डिजी बटुवा डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित छ, जसले ग्राहकलाई फोनबाटै बैंकिङ सेवा प्रयोगका लागि समान प्रणाली प्रयोग गर्न अनुमति दिन्छ । साथै अतिरिक्त सुविधाहरू सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानी, मोबाइल टप-अप, बैंक स्टेटमेन्ट, चेक स्टेटमेन्ट रिक्वेस्ट, क्युआर पेमेन्ट सजिलै प्रयोग गर्न सकिन्छ ।

डिजी बटुवाका विषयमा गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले भन्नुभयो, ‘गरिमा विकास बैंकले हाम्रा ग्राहकहरूलाई सम्भव भएसम्म उत्कृष्ट अनुभव प्रदान गर्ने कुरा सुनिश्चित गर्न गरिमा विकास बैंकको पछिल्लो प्रयास डिजी बटुवा हो । पछिल्लो समय डिजीटल बैंकिङ एक अपरिहार्य विशेषता बनेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?