खोला तर्ने क्रममा बगाएर मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको मंगलबार मृत्यु भएको छ । त्रियुगा नगरपालिका-७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको खोला तर्ने क्रममा ज्यान गएको हो ।

बजारबाट घर फर्किने क्रममा त्रियुगा खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले बताउनुभयो । बजारबाट घर फर्कदा बगाएर झन्डै ५० मिटर तल पुर्याउँदा घटनास्थलमै उनको ज्यिान गएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

थापाका अनुसार स्थानीयबासीले कौवाईस्थित त्रियुगा पुलनजिक लडेको देखेर निकाल्दा उहाँको ज्यान गई सकेको थियो । घटनास्थलको मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको थापाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?