बेगखोलामा पुल नबन्दा ज्यानकै माया मारेर खोला तर्नु पर्ने वाध्यता

हिमालय टाइम्स
Read Time = 4 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । जिल्लाका नेताहरुको केन्द्रमा बलियो पहुँच नहुदाँ सर्वसाधारणले कति सास्ती खेप्नुपर्छ भन्ने एउटा उदाहरण बनेको छ उत्तरी म्याग्दी जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोला ।

बि.स २०७८ भदौ १९ गते म्याग्दीको सदरमुकाम बेनीबाट घरतर्फ जाँदा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षीय सुर्जवीर पुन रघुगङ्गा गाउँपालिका-१ स्थित बेगखोलाले बगायो । उत्तरी म्याग्दी र हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एक मात्रै बेनी-जोमसोम सडकखण्डमा बर्षेनी बर्खे भेलमा ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्छ । बर्षामात्रै नभई हिउँमा समेत भिषण बर्षा हुदाँ बेगखोलामा सवारीसाधन बगाउने र पैदलयात्रीलाई आवतजावतमा समेत हम्मेहम्मे पर्छ । बेगखोला सदरमुकाम बेनीदेखि १२ किलोमिटर उत्तरमा पर्छ ।

विगत ६ बर्षयता बेगखोला वारपार गर्ने यात्रुको सास्ती बयान गरेर सकिदैन् । विसं २०७३ भदौ १६ गते आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि यात्रा कठिन र जोखिमपूर्ण हुँदै आएको छ भने यात्राको क्रममा यात्रुले ज्यान समेत गुमाउनु परेको छ ।

लेकतिर भिषण बर्षा हुदाँ बेगखोलामा दैनिक ठूलो संख्यामा यात्रु अलपत्र पर्ने गरेको दृष्यले जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिलाई छुन सकेको छैन् । बाढीले पुल सहितको संरचना बगाएको ६ बर्ष वितिसक्दा समेत अस्थायी संरचनासमेत बन्न नसक्दा सास्ती भएको यात्रु सुरजन भट्टचनले बताउनुभयो ।

‘एउटा पुल नबन्दा यहाँको अवस्थाको बयान गर्न सकिदैन्,‘खोलाा बढेपछि हरेक दिन यात्रुको ज्यानकै जोखिम छ’ भट्टचनले भने । बेगखोला वारपार गर्नेले जिल्लाका सरोकारवाला निकायलाई ५ मिनेट भएपनि अवलोकन गर्न सुझाव समेत दिने गरेका छन् ।

बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको धेरै उदाहरण भएपनि नेता र जनप्रतिनिधिले सुने नसुने र देखे नदेखे जस्तै गरेको उत्तरी म्याग्दीका बासिन्दाको भनाइ छ ।

बाढी आएको अवस्थामा मोटरसाईकल र यात्रुले समेत स्काभेटरलाई पैसा तिरेर ‘बकेट’मा बसेर खोला वारपार गर्ने गरेका छन् । बेगखोलामा सडक विभाग पुल महाशाखाले ‘डिजाइन एन्ड विल्ड’ मोडेलमा पुल बनाउन वीक्वीई हिमालयन जेभिलाई भ्याटसहित ८ करोड ५० लाखमा ठेक्का दिएको छ ।

ठेकदार कम्पनीले बेगखोलामाथी निर्माण हुने पुलको डिजाईन तयार पारी खोलाको विचमा फाउन्डेसन राखिसकेको भएपनि समयमै सम्पन्न गर्न स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिको ताकेताको अभावले ठग ठेकेदारले समयमै काम गर्न सकेकौ छैन। पुल ७० मिटर लामो हुने छ । पुलदेखि दायाँ-बायाँ २-२ सय मिटर लिंक सडक हुनेछ । यसैगरी बेनी-जोमसोम सडक अन्तरगत कूल ७६ किलोमिटर दूरीको यो सडक वर्षायाममा बेग र रुप्सेखोलामा दैनिकजसो अवरुद्ध हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?