ताइपेय । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानकी राष्ट्रपति साइ इङ वेनको नेतृत्वलाई धन्यवाद दिँदै बढ्दो अन्तर संसद सहकार्यका लागि आह्वान गरेकी छिन् । ताइवानको संसदलाई सम्बोधन गर्दै पेलोसीले उक्त आह्वान गरेकी हुन् ।
पेलोसीले ताइवानको अगाडि भनिन्, ‘हामी ताइवानलाई विश्वको सबैभन्दा स्वतन्त्र समाज भएकोमा प्रशंसा गर्छौं ।’
अमेरिकी चिप उद्योगलाई चीनसँग प्रतिस्पर्धा गर्न बलियो बनाउने उद्देश्यले नयाँ अमेरिकी कानूनले ‘अमेरिका-ताइवान आर्थिक सहयोगको लागि ठूलो अवसर प्रदान गर्ने ’ उनले बताइन् ।
चीनको विदेश मन्त्रालयले पेलोसीको भ्रमणले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर हानी पुर्याएको जनाएको छ । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका