इन्धनकाे मूल्य बृद्धिविरुद्ध अनेरास्ववियूद्धारा विरोध प्रदर्शन (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । अनेरास्ववियू बागमती प्रदेश उपत्यका बिशेष कमिटीद्धारा नेपाल आयल निगमको कार्यालय, टेकुमा पेट्रोल, डिजेल र एल पि ग्यासको मूल्य अन्तर्रास्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्यसमायोजन नभएको भन्दै विरोध प्रदर्शन गरेकाे छ । अनेरास्ववियुले टेकुस्थित आयल निगमको कार्यालयअघि विरोध प्रदर्शन गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा ३० डलर मूल्य घट्दा पनि आयल निगमले अहिलेसम्म मूल्य समायोजन गरेको छैन ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलमा एक महिनाभित्र प्रतिलिटर २८ रुपैयाँ घटेको सूची पठाइसकेको छ । तर, भारतमा मूल्य बढ्दा नेपालमा बढाउने आयल निगमले अहिलेसम्म मूल्य समायोजन नगरेपछि आमउपभोक्ता आन्दोलित भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?