मालपोत कार्यालय गुल्मीमा राजस्व संकलनमा कमी

Read Time = 3 mins
A A- A+

गुल्मी । मालपोत कार्यालय गुल्मीको राजस्व संकलनमा कमी आएको छ । आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आर्थिक वर्ष ०७८/०७९ मा राजस्व संकलनमा कमी आएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा पुँजिगत लाभकर ५३ लाख ४६ हजार १७० र रजिस्ट्रेसन शुल्क दस्तुर एक करोड ८२ लाख ९६ हजार ६०० संकलन भएको थियो । आर्थिक वर्ष ०७८/०७९ मा पुँजीगत लाभकर २४ लाख ६२ हजार ६ रुपैयाँ र रजिस्ट्रेसन शुल्क दस्तुर एक करोड ५२ लाख ६३ हजार १६ रुपैयाँ संकलन भएको थियो ।

आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आर्थिक वर्ष ०७८/०७९ मा पुजिगत लाभकर अन्तर्गत २८ लाख ८३ हजार १६४ र रजिस्ट्रेसन शुल्क दस्तुर ३० लाख ३३ हजार ५८४ ले कमी भएको कार्यालय प्रमुख खेत बहादुर खत्रीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष ०७७/०७८ मा दुई हजार ८१६ र आर्थिक वर्ष ०७८/०७९ मा दुई हजार ६४१ लिखत पारित गरिएको उहाँले बताउनुभयो । त्यस्तै, नामसारी दाखिला शंसोधन ०७७/०७८ मा एक हजार १७ र ०७८/०७९ मा ९२५ भएको कार्यालय प्रमुख खत्रीले बताउनुभयो । ०७७/०७८ मा दुई हजार ७१० र ०७८र०७९ मा दुई हजार ६४१ कित्ताकाट गरिएको बताइएको छ ।

“जेठ मसान्तवाट कित्ताकाट गर्न कृषि र गैरकृषि क्षेत्र बर्गीकरण गरी सिफारिस गरेर स्थानीय तहले नपठाउदा दैनिक लिखत पास घटेको छ,” कार्यालय प्रमुख खत्रीले भन्नुभयो, “अंशबन्डा गर्दा र विक्री गर्दा कित्ताकाट गर्ने सेवाग्राहीको काम रोकिएको छ । यसले गर्दा पनि राजश्व आम्दानी घटेको हो ।”

राष्ट्र बैंकको नीति, बैंकमा लगानीयोग्य रकमको अभाव, भू–उपयोग नियमावली जारी भए पछि जग्गाको बर्गीकरण स्थानीय तहले नगर्दिदा कित्ताकाट हुन नसक्दा राजस्व संकलनमा कमी आएको कार्यालय प्रमुख खत्रीको भनाई रहेको छ ।

मालपोत कार्यालयले संकलन गरेको घरजग्गा रजिस्ट्रेसन तथा अन्य कर सम्बन्धीत स्थानीय तहलाई ६० प्रतिशत र ४० प्रतिशत प्रदेश सरकारको संञ्चित कोषमा जम्मा हुनेगर्छ । पुँजीगत लाभकर वापत उठेको राजस्व संघीय सरकारको सञ्चित कोषमा जम्मा हुने गरेको कार्यालय प्रमुख खत्रीले बताउनुभयो ।

 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?