सप्तकोसी बाढीपीडितको उद्धार र बासको व्यवस्था मिलाउन नेपाल कम्युनिस्ट पार्टीको माग

Read Time = 2 mins

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वर्षाका कारण सप्तकोसी नदीको बहाव बढ्न गई उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा भंगालो पस्दा वडा नम्बर १, २, ३, ८ र ९ का सयौँ घरधुरी र हजारौं जनता जोखिममा परेका दुःख व्यक्त गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गर्दै प्राकृतिक बिपत्तिबाट भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ । साथै, साहस र सम्यमताका साथ विपत्तिको सामना गर्न बेलकावासीलाई विशेष अनुरोध गरिएको छ ।

जोखिममा परेका बेलकावासीको सुरक्षित स्थानान्तरण, उद्धार र सुरक्षित स्थानमा बासको व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ । प्राकृतिक प्रकोप र दुःखमा परेका जनताको उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न उदयपुर जिल्ला पार्टीलाई विशेष निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।

अविरल वर्षाका कारण देशैभरि बाढी पहिरोबाट प्रभावित भएका जनताको उद्धार र राहत व्यवस्थापनलाई प्राथमिकतामा राख्न नेपाल सरकारसँग नेपाल कम्युनिष्ट पार्टीले माग पनि गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?