इन्धनको मूल्य समायोजन नगर्ने : आयल निगम

Read Time = 2 mins

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन नगर्ने भएको छ।

इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट लगातार दुई पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमले भने मूल्य समायोजन नगर्ने भएको हो ।
पछिल्लो पटक आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, मट्टितेल र हवाई इन्धनमा केही नाफा भए पनि डिजेल र एल।पी ग्यासमा घाटा रहेको भन्दै निगमले मूल्य नघटाउने जनाएको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गर्दै समग्रमा अझै पनि निगमलाई आगामी १५ दिनमा मासिक १ अर्ब २७ करोड घाटा हुने स्थिति देखिएको जनाएको छ। सोही घाटा देखाउँदै निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था रहेको दाबी गरेको छ ।

साउन १६ गते दोस्रो पटक भारतबाट घटेर आएको मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा २ रुपैंया ७८ पैसा नाफा र डिजेलमा ९ रुपैंया ३७ पैसा घाटा रहने निगमले उल्लेख गरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?