२०३० को विश्व कप आयोजना गर्न अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेको संयुक्त प्रस्ताव

Read Time = 2 mins

एजेन्सी/सन् २०३० को विश्व कप फुटबल आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त प्रस्ताव पेस गरेका छन् । चार देशले संयुक्तरूपमा विश्व कप आयोजना गर्न प्रस्ताव पेस गरेसँगै दक्षिण अमेरिकी फुटबल महासंघका अध्यक्ष अलेजान्द्रो डोमिनगुइजले यो पूरा महादेशको सपना भएको बताउनुभएको छ ।

उरुग्वेले सन् १९३० मा पहिलोपटक प्रतियोगिता आयोजना गरेको थियो । विश्व कप आयोजनाको शताब्दी मनाइरहँदा उरुग्वे सन् २०३० को प्रतियोगिता घर ल्याउन चाहन्छ । सन् २०३० को विश्व कप आयोजना गर्न स्पेन र पोर्चुगलले पनि संयुक्त प्रस्ताव पेस गरेका छन् । चिलीले सन् १९६२ को विश्व कप आयोजना गर्दा अर्जेन्टिनामा सन् १९७८ मा विश्व कप भएको थियो ।

सन् २०२२ को विश्व कप कतारमा हुनेछ भने सन् २०२६ को विश्व कप क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्तरूपमा आयोजना गर्नेछन् । फिफाले सन् २०३० को आयोजक सन् २०२४ मा देश छान्ने जनाएको छ ।

बेलायत र आयरल्यान्ड फुटबल संघले भने सन् २०३० को विश्व कप आयोजनाका लागि प्रस्ताव पेस नगर्ने बरु सन् २०२८ को युरो कप आयोजनामा ध्यान दिने बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?