नेपालको चाहनामा पूर्णविराम

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बीस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्ने नेपालको चाहनामा पूर्णविराम लागेको छ । मंगलबार सम्पन्न खेलमा माल्दिभ्स भारतसँग १-० गोलले पराजित भएसँगै नेपाल खेलबाट बाहिरिएको हो ।

यदि माल्दिभ्सले भारतलाई जितेको भए नेपालले उपाधिका लागि बंगलादेशसँग भेट गर्ने पक्का थियो । भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गर्नुभएको थियो । उहाँले खेलको ९०औँ मिनेटमा गोल गर्नुभएको थियो । यस जितसँगै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । अब उपाधिका लागि भारतले शुक्रबार बंगलादेशसँग खेल्नेछ । मंगलबार भएको खेलमा नेपाललाई एक-एकको बराबरीमा रोक्दै बंगलादेश फाइनलमा प्रवेश गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?