बिग बास लिगको १२ औँ संस्करणको ‘ड्राफ्ट’ मा सन्दीप

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को १२औँ संस्करणको ड्राफ्टमा पर्नुभएको छ । बिबिएलले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत् सन्दीप ड्राफ्टमा रहेको जनाएको छ ।

उहाँ ड्राफ्टमा अटाउने एक्लो नेपाली खेलाडी हुनुहुन्छ । बिबिएलको इतिहासमै पहिलोपटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ ।

सन्दीपले यसअघिका चार संस्करणको बिबिएल खेलिसक्नुभएको छ । आफ्नो पहिलो दुई संस्करण सन्दीपले मेलवर्न स्टारमा बिताउनुभएको थियो । पछिल्ला दुई संस्करण भने होबार्ट हरिकेन्समा रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?