पाठकको ‘पापाकी परि’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गायिका सुशीला पाठकले तीजको अवसर पारेर नयाँ गीत ‘पापाकी परि’ सार्वजनिक गर्नुभएको छ । गीतमा शिव हमालको शब्द छ भने आशिष अबिरलको संगीत छ । म्युजिक एरेन्जको काम पनि आशिषले नै गर्नुभएको हो ।

गीतको भिडियोमा भने लोकप्रिय मोडल करिश्मा ढकालले अभिनय गर्नुभएको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा प्रवीन भट्टको सम्पादन छ । भिडियो निर्देशन मौसम हिमालीले गर्नुभएको हो । भिडियोको पोष्ट प्रोडक्सन विपि फिल्मस्ले गरेको हो ।

गीतको भिडियोमा हुर्कँदै गरेकी अभिवाहित युवती र बिहेका लागि केटा माग्न आएका केटाको कथालाई देखाइएको छ । मोडल करिश्माले आफूलाई माग्न आएका केटाको कुरा आफ्ना साथीसंगीलाई सुनाउँदै सातो गएको कुरा गर्नु भएको छ ।

गायिका सुशीलाले ‘पापाकी परि’ का लागि दर्शकको मायाको अपेक्षा गर्नुभएको छ । सुशीलाले भन्नुभयो, ‘यसअघि पनि दर्शक तथा श्रोताले माया गरिदिनुभएको छ । आशा छ, यो गीतलाई पनि सबैले माया गर्नुहुनेछ ।’ यस्तै संगीतकार आशिषले पछिल्लो समय बजारमा आइरहेका गीतहरूको भिडमा आफूले केही फरक दिने प्रयास गरेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?