सहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ हुने

Read Time = 2 mins

काठमाडौं । नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ चौथो सहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणका लागि आवेदन खुला भएको आयोजकले जनाएको छ ।

अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले टाइटल स्पोन्सर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताका रूपमा रहेको छ । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा २०७८ वैशाखदेखि २०७८ चैतसम्म बजारमा आएका गीतसंगीतले सहभागिता जनाउन सक्ने कार्यक्रमका प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो । जुरी र भोटका आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिनुभयो ।

अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मी सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले बताउनुभयो ।

आयोजकका अनुसार सहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीत क्षेत्रमा योगदान पु¥याएका एक विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ भने गीतसंगीत क्षेत्रमा विशिष्ट योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान र कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?