वल्र्डलिंकलाई मधेश सरकारको आइसिटी अवार्ड

Read Time = 2 mins

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘प्रदेशको इमर्जिङ सेक्टर’ का लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रूपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधि (आइसिटी) को महत्वपूर्ण योगदान रहेको भन्दै मधेश प्रदेशले कम्पनीलाई अवार्डबाट सम्मानित गरेको हो ।

मधेश प्रदेशमा समेत सञ्चालनमा रहेको सफल व्यावसायिक मोडल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएका आधारमा अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा नेपालस्थित बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीको समेत उपस्थिति रहेको थियो । कम्पनीले नेपालका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा बृहत् फाइबर नेटवर्क निर्माण गरी नेपालका ७५ जिल्लाहरूमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले हालसम्म छ लाख ४५ हजारभन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा नौ हजारभन्दा बढी संघ सस्था, बैंक एवं वित्तीय संस्था तथा सरकारी कार्यालयलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटी लगायत १३ हजारभन्दा बढी स्थानमा फ्रि वाइफाइ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?