कांग्रेसमा अन्तर्घातको शृंखला

Read Time = 16 mins

✍️ इन्द्रबहादुर बराल

प्रजातन्त्रको पुनःस्थापनापछि नेपालको राजनीति अत्यन्तै छलकपट र षड्यन्त्रपूर्ण रहृयो । कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकारमात्र स्वच्छ र निर्विवाद चल्यो । त्यही अवधिमा अन्तरिम सरकारलाई सुम्पिएका दुई जिम्मेवारी पनि कुशलतापूर्वक र निर्विघ्नतासाथ सम्पन्न भए । ती दुई कार्य थिए पहिलो संविधान निर्माण गर्ने र दोस्रो आमनिर्वाचन गर्ने । कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले संविधान लेख्ने कार्यमा दरबारको सूक्ष्म हस्तक्षेपको प्रयास पनि भयो । सेनाका जर्नेलको समूहले पूर्णसैनिक पोसाकमा प्रधानमन्त्री किसुनजीकोमा आएर संविधानको मस्यौदामा एक वाक्य थप्न (दरबारको आग्रहमा) अनुरोध गरेको थियो । त्यो वाक्य थियो प्रस्तावित संविधानको मस्यौदामा नेपालको सार्वभौमसत्ताको स्रोत राजा र नेपाली जनता हुनेछन् ।

तर, जर्नेल समूहमार्फत दरबारबाट प्राप्त सुझाव वा सल्लाह प्रधानमन्त्री किसुनजीले ठाडै इन्कार गरेको तथ्य खोल्यो । त्यसपछि सरकार (खास गरेर प्रधानमन्त्री किसुनजी) र दरबारको सम्बन्ध क्रमशः चिसिँदै गएको कुरा सुरुमा घाइघुइँ सुनिँदै थियो । पछि विस्तारै खुला रूपमै चर्चा हुन थालिसकेको थियो । त्यो कुरा पुष्टि हुने गरी प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो आमनिर्वाचन २०४८ मा प्रकट भएर आयो । पहिलो आमनिर्वाचनमा बहालवाला प्रधानमन्त्री किसुनजीलाई खुलेआम दरबारको इच्छाबमोजिम आमचुनावमा हराइयो । कसले हरायो किन हराइयो आदि कुरा राजनीतिमा सामान्य चासो राख्ने जोकोही पनि सम्भवतः अनभिज्ञ छैनन् होला ।

आफू प्रधानमन्त्री भएपछि उहाँ (किसुनजी) ले हतियार उठाएर जंगलमा भौंतारिएका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन शेरबहादुर देउवालाई वार्ता समितिको संयोजक बनाएर कार्य अगाडि बढाउनुभयो । द्वन्द्व व्यवस्थापन नगरेसम्म विकास सम्भव छैन भन्ने कुरा किसुनजीलाई राम्रो जानकारी थियो ।

किसुनजीलाई अन्तर्घात गरी चुनाव हराउन एउटा दरबारको प्रतिशोध र दोस्रो आफू प्रधानमन्त्री हुन किसुनजीलाई अवरोध देख्नुभयो गिरिजा बाबुले । यो तथ्यलाई मदन भण्डारीको निधनपछि सम्पन्न उपनिर्वाचनका परिदृश्यले प्रमाणित गरिदियो । यो यथार्थलाई अब कसैले इन्कार गर्न सक्ने अवस्था छैन । त्यही अन्तर्घाती कदमले थालनि गरेको अन्तर्घातको कारणले नै नेपालले आजको यो नियति भोग्नु परेको हो । यदि त्यस्तो घिनलाग्दो खेल भएको थिएन भने नेपाल सही अर्थमा आज नयाँ युगमा प्रवेश गरिसकेको हुन्थ्यो । किनकि किसुनजीको एकमात्र ध्याय त्यस प्रजातन्त्रे माध्यमबाट नेपाललाई सिंगापुर बनाउने थियो ।

त्यो सपना आज पूरा भइसक्ने थियो भन्ने विश्वास गर्न सकिन्छ । यस्ता अन्तर्घातका शृंखलाको सिकारपछि कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि बन्नुभयो । ३ असोज २०५२ मा शेरबहादुर देउवा नेतृत्वको सयुक्त सरकार ढाल्न दुई/दुईजना सांसद लुकाएर जुन हर्कत गरिएको थियो त्यो दृश्य अहिले पनि आँखाअगाडि झलझली देखिइरहन्छ । यी घटना नकोट्याए पनि हुने हो तर बेलामौकामा कोक्याएर आउँदा नपोखी सञ्चो हुँदो रहेनछ । त्यसैले एक पटक कोट्याउने प्रयास गरिएको हो कांग्रेसमा अन्तर्घातको शृंखलाको सूक्ष्म बेलिबिस्तार । यद्यपि अरू धेरै यस्ता घिनलाग्दा अन्तरघातका शृंखलाहरू छन् जुन यत्तिमै सिमित रहँदैन ।

हुन त कहिलेकाहीँ त यस्तो पनि लाग्छ कि राजनीति त्यो पनि सत्ता राजनीति भनेकै घातअन्तर्घात रहेछ जस्तो तर सत्य त्यो होइन सत्य त इमान्दारिता नै हो । आफ्नो संगठनभित्र एकले अर्कोलाई हरेक सकारात्मक कार्यमा सहयोग गर्नु नै हो । धेरै उतारचढावपछि ३०५६ सालको संसदीय निर्वाचन हुँदानहुँदै बामदेव गौतमले एमालेबाट छुट्टिएर माले पार्टी गठन गरिसकेका थिए । त्यो चुनावमा दुई वटा कारणले कांग्रेसले सुविधाजनक बहुमत ल्यायो । पहिलो कारण थियो किसुनजीलाई भावी प्रधानमन्त्री घोषणा गरेर कांग्रेस चुनावमा जाँदा त्यसको सकारात्मक सन्देश देशवासीमा पर्न गई बहुमत प्राप्त भएको थियो ।

दोस्रो बामदेव गौतमले एमाले ब्रेक गरेर माले गठन गर्नाले पनि कम्युनिष्ट पार्टीभित्र नकारात्मक तरंग फैलिन गई कांग्रेसलाई अलि सहज पनि भएको थियो भन्ने लाग्छ । यद्यपि यो दोस्रो तर्कमा फरक धारणा पनि आउन सक्ला तर पंक्तिकारको विश्वास के हो भने बामदेवले पार्टी टुक्र्याउँदा एमालेमा निसन्देह उत्साहभन्दा निराशा बढी नै थियो भने त्यसको ठीकविपरीत कांग्रेसमा उत्साह अधिक हुनुले बामदेवको भूमिका जानीनजानी कांग्रेसलाई सहयोगी थियो । जे जसरी भए पनि त्यो २०५६ सालको संसदीय निर्वाचनमा कांग्रेसले सुविधाजनक बहुमत प्राप्त भएपछि किसुनजी संसदीय विधि प्रक्रियाबाट दोस्रो पटक प्रधानमन्त्री बन्नु भयो ।

आफू प्रधानमन्त्री भएपछि उहाँ (किसुनजी) ले हतियार उठाएर जंगलमा भांैतारिएका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन शेरबहादुर देउवालाई वार्ता समितिको संयोजक बनाएर कार्य अगाडि बढाउनु भयो । द्वन्द्व व्यवस्थापन नगरेसम्म विकास सम्भव छैन भन्ने कुरा किसुनजीलाई राम्रो जानकारी थियो । त्यसैले उहाँको पहिलो प्राथमिकता माओवादी समस्या समाधान गर्नु थियो । त्यही भएर आयोग बनाएर माओवादीसँगको वार्तालाई उहाँले तीव्रता दिनुभएको थियो तर किसुनजीले शान्ति स्थापनाको अभियानलाई गतिरोध हुने गरी पार्टी र संसदीय दलमा बखेडा झिक्न थालियो र किसुनजीलाई प्रधानमन्त्री पदबाट गलहत्याइयो । यस्तो घृणित र अपमानजक ढंगले किसुनजीलाई गलहत्याएपछि देशको राजनीति फेरि अँध्यारोतिर धकेलियो ।

परिस्थिति झन बिग्रँदै गए पनि गिरिजाबाबु आफू प्रधानमन्त्री बन्नुभयो किन कि संसदीय दलमा उहाँको बहुमत थियो । त्यही बहुमतको आडमा किसुनजीलाई बलपूर्वक प्रधानमन्त्री पदबाट हटाइएको थियो । तर पनि गिरिजाबाबुको नेतृत्वको सरकार पनि धेरै टिक्न सकेन । अन्ततः गिरिजा बाबुले पनि प्रधानमन्त्री पदबाट हात धुनु प¥यो । त्यसपछि शेरबहादुर देउवालाई दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर मिल्यो । त्यो देउवा सरकारलाई पनि काम गर्न दिइएन । अनेक अड्चन निकालेर विवादको चरम उत्कर्षमा पुग्दा प्रधानमन्त्री देउवालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरियो र कांग्र्रेसलाई औपचारिक रूपमा विभाजन हुन बाध्य पारियो । यो सबै परिणामको पछाडि अन्तर्घात नै थियो ।

नेपाली कांग्रेसमा अन्तर्घातको लामो शृंखला छ । प्रजातन्त्र स्थापनापछिको पहिलो आमनिर्वाचनमा (२०१५) पनि अन्तर्घातको गन्ध थियो भनिन्छ । यद्यपि प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो निर्वाचनको जस्तो नांगो अन्तर्घात भने थिएन भन्ने कुरा केही देखिजान्ने र सुनिजान्नेहरू बताउँछन् । तर, त्यो परिवेश त्यस समयको राजनीतिक चेतनाका कारण नेपालको राष्ट्रियता जोगाउन धेरै सचेतता अपनाउनुपर्ने थियो । शायद त्यही कारणले अमुक व्यक्तिलाई हराउनु पर्ने पो थियो कि भन्ने यो एउटा काल्पनिक तर्क गर्ने ठाउँ छ । तथापि अन्तर्घातको गन्ध आएकै थियो होला भन्न सकिन्छ चाहे कारण जे होस् । सम्भवतः त्यो अन्तर्घातको घृणित खेल अन्य पार्टीहरूमा धेरथोर यदाकदा देख्न र सुन्न नपाइएको भने होइन ।

अन्तर्घात संसदीय चुनावमा मात्रै होइन स्थानीय चुनावमा अझ बढी हुने गरेको अनुभव सबैले गरेका छन् । यही ३० वैशाख २०७८ को चुनावमा पनि अन्तर्घातका शृंखलाहरू चलिरहे । आफूले चाहेको व्यक्तिले टिकट नपाएपछि टिकट पाएकालाई हराउने काम ठाउँठाउँमा नभएका होइनन् ।

बामदेव गौतम आफूलाई घाँडो हुने ठानेर केपी शर्मा ओलीले अन्तर्घात गराएर हराएको सजिलै बुझ्न सकिन्छ । नत्र बामदेवले केपी ओलीलाई त्यति सजिलै प्रधानमन्त्री बन्न दिने थिएनन् भन्ने चर्चा अध्यवधि सुनिँदै छ । यसर्थ राजनीतिसँग अन्तर्घात भन्ने शब्दलाई अलग्याएर राख्न सकिँदो रहेनछ भनेर बुझ्नुपर्ने भयो । राजनीतिमा विद्रोह र अन्तर्घात अन्योन्याश्रित पो रहेछन् कि जस्तो देखिन आयो । विशेष गरेर नेपाली कांग्रेसमा विद्रोहभन्दा अन्तर्घात अत्यन्तै बढी देखियो । यस्तो अन्तर्घात संसदीय चुनावमा मात्रै होइन स्थानीय चुनावमा पनि अझ बढी हुने गरेको अनुभव सबैले गरेका छन् ।

यही ३० वैशाख २०७८ को चुनावमा पनि अन्तर्घातका शृंखला चलिरहे । आफूले चाहेको व्यक्तिले टिकट नपाएपछि टिकट पाएकालाई हराउने काम ठाउँठाउँमा नभएका होइनन् तर त्यस्ता अन्तर्घातका सानातिना घटनालाई केन्द्रीय पार्टी नेतृत्वले त्यति धेरै महत्व नदिएकाले यस पटक स्थानीय पार्टी नेतृत्वले अनुशासनको कारबाही त्यति अघि बढाएको देखिँदैन केही अपवादबाहेक । यो समस्या नेकपा एमालेमा पनि देखियो र अध्यक्ष केपी ओलीले त भन्दै पनि हिँडेका छन् र कतै कतै त कारबाही प्रक्रियासमेत अघि बढाएको कुरा सुन्नामा आएको छ ।
अन्तर्घातको त्यो शृंखला क्रमशः अरू पार्टीहरूमा पनि देखा पर्न थालेको छ जुन राजनीतिमा सुखद् भने होइन तर तीतो सत्य चाहिँ पक्कै हो ।

यो अन्तर्घातको लामो शृंखला अझै पनि टुट्ने स्थिति देखिँदैन । झन अहिलेको जस्तो न नैतिक मूल्य छ न निष्ठा र आदर्श । यस्तो विकृतपूर्ण राजनीतिमा कुनै पनि पार्टीहरूले आफ्नो संगठन चुस्तदुरुस्त राख्न निकै कठिन देखिन्छ । जबसम्म निष्ठा, आस्था र मूल्य अनि मान्यताको राजनीति गरिँदैन र पार्टीलाई भाइभारदारको रूपमा रूपान्तरित गरिन्छ तबसम्म अन्तर्घातको शृंखला निरन्तर चलिरहन्छ ।
तसर्थ यो अन्तर्घात जस्तो महारोगबाट पार्टीहरू मुक्त हुने हो भने सबैभन्दा पहिले बंशविरासत वा परिवारवादलाई प्रश्रय दिनु हुँदैन । झन त्यसमा पनि नेपाली कांग्रेस जस्तो लोकतन्त्रको नेतृत्व गर्ने पार्टीले त योग्यता क्षमता, निरन्तरता, इमानदारी, आवश्यकता, औचित्यता, पारदर्शिता र जवाफदेहिताको आधारमा न्यायपूर्ण ढंगले अवसरहरू दिन सक्नुपर्छ । अन्यथा आसन्न संघीय तथा प्रदेश निर्वाचनमा निकै ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित छ र कांग्रेसले कहालिलाग्दो अन्तर्घातको शृंखला अरू थपिँदै जानेछन् ।

अन्त्यमा जहाँ विवेकपूर्ण विचारको प्रयोग हुँदैन त्यहाँ निसन्देह अन्तर्घातका शृंखला बढ्दै जान्छन् । यो एउटा निरन्तर प्रक्रिया पनि हो । पैसा, पाखुरा र पहुचको भरमा पार्टीहरूले कुनै पनि तहको निर्वाचनमा उम्मेदवारी चयन गर्ने परिपाटी रहेसम्म यो अन्तर्घातको क्रम रोकिने अवस्था देखिँदैन । तसर्थ अन्तर्घात रोक्ने एकमात्र उपाय हो पार्टीमा न्यायको अनुभूति गराउने । अन्यथा रोक्नै नसक्ने गरी अन्तर्घातको बाढी नै आउने निश्चित छ । त्यसमा पनि नेपाली कांग्रेसमा झन अन्तघातको शृंखला अरू भयावह रूपमा देखा पर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?