७९ जना सवार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

नेपालगञ्ज । श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए ।

बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?