पहिरोले अवरुद्ध थर्पु-खैरेनीटार सडक एकतर्फी सञ्चालन

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

दमौली । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु-खैरेनीटार सडक एकतर्फी सञ्चालनमा आएको छ । आज बिहान १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो ।

म्याग्दे गाउँपालिका-६ मौरीबजारमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको र केही समय लाग्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?