स्रोत नखुलेको साढे ४९ लाखसहित काठमाडौंबाट एक जना पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिका-६ तिनचुली बगला मार्गबाट स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा चुमनुब्री गाउँपालिका-१ घर भएका २४ वर्षीय धावा घ्याल्चेन रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-६ भूकुटी चोकबाट बा.९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले उनको कोठाबाट थप १७ लाख ५० हजार रूपैयाँ फेला पारेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?