उदयपुर । उदयपुरको बेलका नगरपालिका– ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४०० घर परिवारको उद्धार गरिएको छ ।
बाढीमा फसेका बेलका नगरपालिका– ३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४०० घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।
बुधबार बिहानदेखि साँझसम्म उद्धार जारी राखेर उद्धार गरिएको उपरीक्षक अधिकारीको भनाइ छ । कोशी बुधबार बिहान फुटेकाले गर्दा उद्धार गर्न सहज भएको र मानवीय क्षति हुनबाट जोगाउन सफल भएको उहाँले बताउनु भयो ।
कोशी पस्न सक्ने भएकाले अघिल्लो दिन नगरपालिकाले सबै वडामा माईकिङ गरि सुरक्षित स्थानमा जान आग्रह गरेकाले पनि मानवीय क्षति नभएको नगर प्रमुख अशोक कार्कीले बताउनु भयो । बाढीबाट करिब २५ हजार मानिस प्रभावित भएको उहाँको भनाइ छ ।
सप्तकोशीले कटान गरेपछि सुनसरीको बराह क्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका हुन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका