काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।
राजस्वसचिव कृष्णहरि पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिइएको एक मन्त्रीले बताए ।
उनका अनुसार मरासिनीले आफूलाई सरुवा गराइदिन आग्रह गर्नुभएको थियो । सोही आग्रहबमोजिम मरासिनीको सरुवा भएको हो ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेपछि सचिव मरासिनीको पनि आलोचना भइरहेको थियो ।
साउन १५ गते अर्थमन्त्रालयमा शर्मा फर्किएपछि मरासिनी बिदामा बस्नुभएको थियो ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले अन्य सचिवहरूको पनि सरुवा गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका