-निरोज कोइराला
भोजपुर । कोरोना संक्रमण प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा पनि पुनः देखिन थालेको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार बिहिवारसम्म जिल्लामा १४ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीका अनुसार अहिलेसम्मको संक्रमित संख्यामा टेम्केमैयुङ गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण देखिएको छ भने रामप्रसाद राई गाउँपालिकाका २ जना संक्रमण देखिएको छ । भोजपुरमा २ नगरपालिका र ७ वटा गाउँपालिका गरी ९ पालिका छन । जसमा अहिलेसम्म २ पालिकामा संक्रमित भेटिएका हुन् ।
संक्रमितहरु हाल होम आइसुलेसनमा रहेको बताउँदै सूचना अधिकारी बुढाथोकीले भोजपुर जिल्लामा अहिलेसम्म १ लाख ४ हजार ९ सय ६० जनाले कोभिड १९ बिरुद्धको खोप लगाई सकेको जानकारी दिनु भयो । उहाँका अनुसार भोजपुरमा अहिले पनि खोप अभियान संचालन भईरहेको छ । खोप लगाउनेहरुको तथ्यांक अनुसार १ लाख ११ हजार १ सय ३३ जनाले पहिलो खोप, ८८ हजार ४३ जनाले दोश्रो खोप लगाएका छन् ।
जिल्लामा अहिले पनि खोप अभियान संचालन भईरहेको छ । आगामी २२ गते देखि २४ गतेसम्म नजिकको स्वास्थ्य संस्थाहरुमा पुन कोरोना बिरुद्धको खोप कार्यक्रम संचालन गरिने स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका