तीन दिन पछि बेनी-जोमसोम सडक खुल्यो

Read Time = 3 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिन पछि आज (विहीबार) साँझदेखि सुचारु भएको छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने एक मात्र सडक काभ्रेभीरमा गएको सुख्खा पहिरोका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो ।

अविरल वर्षाका कारण म्याग्दी र मुस्तांगको सीमाना काभ्रेभीरमा सुख्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिए पछि अवरुद्ध बनेको सडक मर्मत गरेर संचालनमा ल्याईको हो ।

सडक सुचारुभएसंगै सवारी साधनहरु ओहोरदोहोर गर्न थालेका बेनी-जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज साँझदेखि सडक सुचारु भएपछि बिच बाटोमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । अविरल वर्षासंगै आएको पहिरोले काभ्रेभीरमा ती नमिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभीरमा करिव ५० मिटर सडक भासिएको थियो ।
मौसममा सामान्य सुधार आएपछि बुधबारदेखि सडक मर्मतको काम थालिएको थियो । सडक स्तरोन्नतिमा परिचालन गरिएको निर्माण कन्ट्रक्सनका उपकरण र जनशक्ति परिचालन गरेर बेनी–जोमसोम सीधा यातायात संचालनमा ल्याएको सुपरभाइजर शेरचनले बताउनु भयो ।

काभ्रेभीरमा सडक अवरुद्ध हुँदा पैदलयात्रीहरुले पैरोथाप्लाको पदमार्ग हुँदै घुमाउरो बाटोबाट यात्रा गर्न वाध्य भएका थिए ।
वर्षाका कारण खोलामा आएको बाढीले म्याग्दीको बेगखोलामा समेत अवरुद्ध भएको सडकलाई खुलाइएको छ ।

वर्षातको समयमा गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध हुने गरेको छ ।
बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिरोको उच्च जोखिम रहेको छ ।

म्याग्दी–काभेभीर सडकको सिमानाको बाँदरजुंगे भिर आसपासमा छिनछिनमा खस्ने पहिरोले यात्रुले जोखिममा पर्ने गरेका छन् । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरन्तर्गतक विष्फोटक पदार्थको प्रयोगका कारण पहिरोको जोखिम अत्याधिक रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?