स्क्वासको सेमिफाइनल समीकरण पूरा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको मास्टर ओपनको फाइनलमा दिलिप अधिकारी पुग्न सफल हुनुभयो । दिलिपले कर्नेल इन्द्रबहादुर कार्कीलाई २-१ ले पछि पारेर रिटार्यड हर्टका आधारमा जित निकाल्नुभयो ।

बिहीबार नै भएको प्लेट च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा राजकृष्ण महर्जनले कमल शाक्यलाई ३-१ को सेटमा हरायो । राजकृष्णले कमललाई ४-११, ११-५, ११-९, ११-९ स्कोरले पराजित गर्नुभयो । सोही स्पर्धामा प्रयाग जोशी जुनिल शाक्यलाई ३-१ को सेटमा पराजित गर्दै फाइनल पुग्न सफल हुनुभयो । प्रयागले जुनिललाई १२-१०, ११-३, ८-११, ११-३ स्कोरले हराउनुभयो ।

शुक्रबार मेन्स ओपन, मास्टर ओपन, महिला ओपन तथा ब्वाइज यू-१९ विधाका सम्पूर्ण सेमिफाइनलका खेल सञ्चालन हुनेछन् । साउन २१ गतेसम्म चल्ने प्रतियोगितामा पुरुष खुला, महिला खुला, मास्टर खुला, पुरुष ५० वर्ष भन्दा माथि, जुनियर ब्वाइज ओपन र प्लेट गरी पाँच विधा समावेश गरिएको छ ।

पुरुषतर्फको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रोले नौ/नौ हजार पाउनेछन् । महिलातर्फ विजेताले १८ हजार, उपविजेताले ११ र तेस्रोले सात/सात हजार पाउनेछन् । यस्तै जुनियरतर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रोले चार/चार हजार पाउनेछन् । प्रतियोगिता आयोजनाका लागि प्रायोजक फाउन्डेसनले एक लाख ३५ हजार नगद पुरस्कार उपलब्ध गराउनेछ । अघिल्लो संस्करणमा पुरुषतर्फ अरहान्त केशर सिंह र महिलातर्फ भावना सुनुवारले उपाधि जित्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?