श्रीलंकाका राजापाक्षद्वयलाई देश छाड्न प्रतिबन्धको म्याद थप

Read Time = 2 mins

कोलम्बो । श्रीलंकाका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप गरिएको छ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्वअर्थमन्त्री बसिल राजापाक्षलाई प्रतिबन्ध लगाउने समयावधिको म्याद थप्ने आदेश दिएको हो । उनीहरूलाई आगामी अगष्ट ११ सम्म देश छाड्न नपाइने आदेश दिइएको समाचार जनाइएको छ ।

पूर्वराष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर भागेपछि अन्य नेताहरूलाई देश छाड्न प्रतिबन्ध लगाइएको हो । गोटावायलाई भने तत्कालीन सरकार र सेनाले नै देशबाट बाहिरिन सहयोग गरेका थिए । अदालतले यसअघि गत जुलाई २८ मा पनि अनुमति विना देश नछाड्न दुवैजनालाई आदेश दिएको थियो ।

श्रीलंकामा आर्थिक संकटका कारण राजनीतिक संकट उत्पन्न भएको छ । आर्थिक संकटका कारण सुरु भएको आन्दोलनका कारण राजनीतिक उथलपुथल भएको छ । संकट समाधानका विभिन्न प्रयास भए पनि ठोस उपलब्ध भने हुन सकेको छैन । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?