कम्बोडिया । भारत र अमेरिकाका विदेशमन्त्रीबीच कम्बोडियामा भेटवार्ता भएको छ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) को मन्त्रिस्तरीय बैठकका क्रममा उहाँहरूका बीचमा बिहीबार भेटवार्ता भएको अधिकारीले जानकारी दिएका छन् । बैठकमा भाग लिन भारतका विदेश मन्त्री एस जयशंकर, अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केनलगायत नेताहरू कम्बोडियामा छन् ।
आफूहरूको भेटवार्ता अति नै राम्रो भएको र समसायिक विषयमा सामान्य छलफल भएको दुवै पक्षका अधिकारीले बताएका छन् । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले यस भेटलाई आफूले राम्रो अवसरका रूपमा लिएको प्रतिक्रिया दिनुभएको छ ।
उनीहरूले खुला तथा स्वतन्त्र इण्डोपेसेफिक र श्रीलंका संकटका बारेमा पनि छलफल गरेको जनाइएको छ । ‘मेरो लामो समयदेखिको साथी, भारतका विदेश मन्त्री एस जयशंकरसँग राम्रो भेटवार्ता भयो, हामीले समसामयिक र साझा चासोका विविध विषयमा छलफल गरेका छौं, सहकार्यलाई बलियो बनाउने बारेमा पनि कुराकानी भयो’, ब्लिन्केनले भन्नुभएको छ ।
भारतका विदेश मन्त्री जयशंकर विदेशमन्त्रीका रूपमा १२औँ देशको भ्रमण गर्ने क्रममा बुधबार कोलम्बिया पुग्नु भएको हो । आसियानमा ब्रुनाई, कम्बोडिया, इण्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, भियतानमलगायत देशहरू पर्दछन् । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका