उपाध्यायका तीनवटा गीति एल्बम एकसाथ विमोचन

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

काठमाडौं । डश म्युजिकद्वारा उत्पादन तथा वितरण गरिएको तीन गीति एल्बम एकसाथ विमोचन गरिएको छ । संगीतकार योगेन्द्र उपाध्यायका ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र ‘क्लियरकट’ एकसाथ विमोचन गरिएको हो । बिहीबार काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठलगायत अतिथिले विमोचन गर्नुभयो ।

कार्यक्रममा विशिष्ठ अतिथि वरिष्ठ गायिका ज्ञानु राणा, विशेष अतिथि वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक शिव परियार, वरिष्ठ संगीतकार भुपेन्द्र रायमाझी, रेडियो नेपालका बोर्ड सदस्य तथा वरिष्ठ संगीतकार टीका भण्डारी, रोयल्टी संकलन समाजका महासचिव बि.पाण्डे, संगीतकार संघका अध्यक्ष पारस मुकारुङ, संगीत उत्पादक संघका अध्यक्ष सूर्य मगर, डश म्युजिकका कार्यकारी निर्देशक वरिष्ठ संगीतकार शंकर थापा ‘स्माइल’, संगीतकार योगेन्द्र उपाध्यायलगायतले एल्बम विमोचन गर्नुभयो ।

विमोचन कार्यक्रममा बोल्दै संगीतकार योगेन्द्र उपाध्यायले आफूले २०७६ सालमै पहिलो एल्बम रिलिजको तयारी गर्दै गर्दा कोभिडका कारण रोकिएको जनाउनुभयो । २०७७ मा अर्को एल्बम तयार गरेर एकसाथ रिलिजको तयारी गर्दा कोभिडको दोस्रो लहर आएकोले सार्वजनिक गर्न नसकेको बताउनुभयो । जसका कारण अहिले एकसाथ तीनवटा एल्बम सार्वजनिक गरेको उहाँको भनाइ छ । योगेन्द्रले आफूले सिकेको संगीतका विभिन्न सुरहरूलाई एल्बममार्फत प्रस्तुत गरेको बताउनुभयो । योगेन्द्रका तिनै एल्बम फरक–फरक जनरामा छन् । ६ वटा गीत समावेश भएको ‘सँगै हिडौंन’ आधुनिक तथा गजल गीतहरूको संग्रह हो भने सातवटा गीतहरू समावेश भएको ‘काटिमा कुटी’ लोक फ्लेवरका गीतहरू समावेश भएको एल्बम हो । यस्तै सातवटा गीतहरू समावेश भएको ‘क्लियरकट’ वेष्टर्न फ्लेवरका गीतहरूको संग्रह हो ।

सार्वजनिक एल्बमको समीक्षा गर्दै प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले योगेन्द्रको प्रशंसा गर्नुभएको छ । २०६७ र २०६८ सालको भत्ति संगीत प्रतियोगितामा प्रथम भएको योगेन्द्रले २०७१ सालको राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगितामा संगीततर्फ प्रथम स्थान हासिल गर्नुभएको थियो । योगेन्द्रले त्रिभुवन विश्व विद्यालयबाट संगीतमै मास्टर्स गरी ‘ललितकलाचार्य’ उपमा समेत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?