सात महिनामा तीन लाख विदेशी पर्यटक

Read Time = 2 mins

काठमाडौं । गत जनवरीदेखि जुलाईसम्म झण्डै तीन लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि जुलाईसम्म हवाईमार्गबाट दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् भने सन् २०१९ को जुलाईमा ५८ हजार आठ सय ११ विदेशी पर्यटक आएका छन् । जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बंगलादेशबाट एक हजार आठ सय ७४ पर्यटक आएका छन् भने चीनबाट एक हजार पाँच सय ९३ पर्यटक आएका छन् । एसिया र अन्य मुलुकबाट चार हजार एक सय ९५ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

युरोपबाट नौ हजार एक सय २१, मध्यपूर्वलगायत मुलुकबाट तीन हजार सात सय ३५ र अमेरिकाबाट पाँच हजार दुई सय २८ पर्यटक आएको बोर्डले जनाएको छ ।

बोर्डको तथ्यांकअनुसार जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार छ, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार छ सय आठ, जुनमा ४६ हजार नौ सय ५७ र जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?