म्युजिक नेपालले सेयर जारी गर्ने

Read Time = 2 mins

काठमाडौं । एनआइसी एसिया क्यापिटलको ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत म्युजिक नेपाललाई संस्थागत परामर्श सेवासहित म्युजिक नेपाल आइपिओ जारी गर्ने चरणमा पुर्‍याई निकट भविष्यमा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरू सहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्काशन गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा क्यापिटलतर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी तथा म्युजिक नेपालतर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गर्नुभएको छ । नेपालको सन्दर्भमा म्युजिक नेपाल सर्वसाधारणमा आइपिओ जारी गर्ने पहिलो कम्पनी रहेको एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

एनआइसी एसिया क्यापिटलले आइडिया टु आइपिओअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनकालदेखि आइपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । २०३९ साल साउन २४ गते स्थापना भई २०४० साल वैशाख २ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको म्युजिक नेपालले नेपाली गीतसंगीतका एल्बमको नियमित उत्पादन गर्न थालेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?