राष्ट्रिय सहकारी बैंक २० औँ वर्षमा

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय सहकारी बैंक १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको छ । ७७ वटै जिल्लामा सदस्यता विस्तार गरेको बैंकमा १५ हजारभन्दा बढी सहकारी संघसंस्था आबद्ध भएका छन् भने बैंकका देशभर ६८ शाखा विस्तार भएका छन् ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंक नेपालको सहकारी क्षेत्रको महत्वपूर्ण हिस्साका रूपमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताउनुभयो ।

आर्थिक वर्ष २०७८/०७९ को असारमा दुई अर्ब ९१ करोडभन्दा बढी सेयर पुँजीसहित कुल सम्पत्ति करिब ६० अर्ब पुर्‍याउन बैंक सफल भएको उहाँले जानकारी गराउनुभयो । उत्कृष्ट वित्तीय सेवासहितको सहकारी बैंकको परिकल्पना गरी १० वर्षे रणनीतिक योजना तय गरी अघि बढिरहेकोे गुरागाईंको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?