काठमाडौं । समृद्धि फाइनान्स र ग्रोथ सेलर प्रालिबीच जनशक्ति व्यवस्थापन सम्झौता भएको छ । सम्झौतासँगै समृद्धि फाइनान्सका लागि आवश्यक जनशक्ति नियुक्तिका लागि ग्रोथ सेलरले सम्पूर्ण जनशक्ति नियुक्ति प्रक्रियामा सहयोग गर्नेछ । संस्थाका विभिन्न शाखामा आवश्यक जनशक्ति, दक्ष, अर्धदक्ष, सिकारु आवश्यकता हेरी नियुक्तिका लागि ग्रोथ सेलरले समन्वय गर्नेछ ।
समृद्धि फाइनान्सलाई आवश्यक जनशक्तिको नियुक्तिमा सहज पहुँच गराई संस्थाको प्रगतिमा ग्रोथ सेलरले महत्वपूर्ण भूमिका खेल्ने ग्रोथ सेलर प्रालिका संस्थापक अध्यक्ष मोहन ओझाले बताउनुभयो । कम्पनीतर्फबाट सम्झौतामा हस्ताक्षर गर्नुहुने मानव संसाधन विभागका प्रमुख रामहरि रिमालले सम्झौताबाट दुुवै संस्थालाई फाइदा पुग्ने बताउनुभयो ।
समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । साथै कम्पनीले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि ल्याएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका