बाढी पीडितलाई सरकारले राहतसहित उचित व्यवस्थापन गर्छ : परराष्ट्रमन्त्री खड्का

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताउनुभयो ।

बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुबानमा परेका उदयपुरका बिभिन्न स्थान र कोशी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रबन्ध गर्ने बताउनुभएको हो ।

उहाँले बाढीका कारण हजारौं विस्थापित हुनु परेको र अब नदीको बहाव कम भएपछि बाँध बाध्ने काम सुरु हुने बताउनुभयो ।

कोशीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सिसौली, श्रीलंका टापु जलमग्न हुँदा २० हजार भन्दा बढी सर्बसाधारण विस्थापित भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?