मेहनत गरे एकल बहुमतको सरकार बनाउन सक्छौंः अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा दुई तिहाई बहुमत प्राप्त गर्न नसके पनि मेहनत गरे बहुमतको सरकार बनाउन सक्ने बताउनुभएको छ ।

ओलीले आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने बताउनुभयो ।

काठमाडौंमा आज आयाेजित कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘केन्द्रमा एकल बहुमतको सरकार बनाउनुपर्‍यो । प्रदेशमा बहुमतको सरकार बनाउनुपर्‍यो ।’

अध्यक्ष ओलीले अहिलेको सरकार ट्रयाक्टर जस्तो भएको भन्दै ट्रयाक्टर बनाएर हामीले हेलिकप्टरको परिकल्पना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, यो ट्रयाक्टर भुरुर उडेर पर गएर डाँडामा बस्दिए हुन्थ्यो भन्छौं’, ‘ट्रयाक्टर पनि थोत्रो, धुँवा फ्याँक्ने, अहिलेको जस्तो ट्रयाक्टरले देश बनाउँछ र ?’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?