माधव नेपालको कुनै गन्तव्य छैनः अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताउनुभएकाे छ । सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उहाँले शीर्ष नेताहरूप्रति कटाक्ष गर्नुभएकाे हाे ।

शुक्रबार एमालेको कार्यशाला गोष्ठीमा ओलीले प्रमुख नेताहरूप्रति कडा आलोचना गर्नुभएकाे हाे । उहाँले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने हाे भने देश ध्वस्त हुने आरोप लगाउनु भयाे । ‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबटे बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले भन्नुभयाे ।

उहाँले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गर्नुभयाे । कानुन नभएको शासन जस्तो अहिलेको सरकार रहेको उहाँले बताउनुभयाे । ‘राज्यसत्ताको यो भन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति सारो खेलवाड ?’ ओलीले भन्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?