नक्कली नोटसहित रौतहटबाट चार जना पक्राउ

Read Time = 1 min

काठमाडौं । रौतहटमा नक्कली नेपाली नोटसहित प्रहरीले चार जना युवक पक्राउ गरेको छ । मेलाको भिडमा नक्कली नोट दिएर सामान खरिद गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय संतोष पटेल, २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुई दिनअघि नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका ३ जिउताही टोलमा लागेको मेलामा नक्कली नोट दिएर सामान खरिद गर्दा पसलेले इलाका प्रहरी कार्यालय कोपवा पिपरियामा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा प्रहरीले सन्तोष पटेललाई पक्राउ गरी चेकजाँच गर्दा एक हजारको १ थान नक्कली नोट फेला परेको तथा पसलेबाट एक हजारको १९ थान गरी कुल २० हजार नक्कली नोट फेला परेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?