-विजय रावत
जुम्ला । जुम्लामा उद्योग दर्ता गर्नेको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा झण्डै तीन हजार ६६० वटा उद्योग दर्ता भएका छन् । स्थानीय तह र प्रदेश सरकारको कृषि अनुदान, सहुलियत कर्जा पाउनका लागि मात्रै उद्योग दर्ता हुने गरेको कार्यालय प्रमुख श्रीकृष्ण देवकोटाले बताउनुभयो ।
बढ्दो उद्योग दर्ताले बेरोजगारी अन्त्य हुने, उत्पादन वृद्धि हुने, आर्थिक स्थितिमा सुधार हुने, कच्चा पदार्थको प्रशोधन भई बजारीकरण गर्नु उद्योगको काम भए पनि अनुदान लिनका लागि मात्र कार्यालयमा धेरै जसो उद्योग दर्ता हुने गरेको उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा पछिल्लो समय संख्यात्मकरूपमा उद्योग दर्ता हृवात्तै बढे पनि गुणात्मक परिवर्तनमा भने शून्य देखिएको छ ।
प्रदेश सरकार, स्थानीय तह र विषयगत कार्यालयले दिने अनुदान लिनकै लागि मात्र उद्योग दर्ता गर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् । तुलनात्मकरूपमा जिल्लामा कृषि तथा पशुपक्षीसँग सम्बन्धित फार्म तथा उद्योग बढी थपिएका छन् । उद्योग तथा व्यवसाय महिलाका नाममा दर्ता गर्दा शुल्कमा ५० प्रतिशत छुट हुने भएकाले पनि महिलाका नाममा उद्योग तथा व्यवसाय दर्ता गर्नेक्रम बढेको कार्यालयले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको