सिम्हा र थापामगर स्क्वासको फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अरहान्त केशर सिम्हा र अमृत थापामगरले चौंथो संस्करणको धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल हुनुभएको छ । सातदोबाटोस्थित स्क्वास कोर्टमा शुक्रबार भएको पुरुष खुलातर्फको सेमिफाइनलमा अरहान्तले अमिर ब्लोनलाई ३-० ले पराजित गर्नुभयो ।

अर्को सेमिफाइनलमा अमृतले दीपक थापालाई ३-० ले नै हराएर अरहान्तसँगको भेट पक्का गर्नुभयो । महिला एकलतर्फ विपना ब्लोन र कृष्णा थापाले फाइनलमा स्थान बनाउनुभयो । विपनाले उदयमान खेलाडी स्वस्थानी श्रेष्ठलाई ३-० ले हराउनुभयो ।

यस्तै कृष्णाले भावना सुनुवारलाई ३-० ले हराएर फाइनलमा स्थान पक्का गर्नुभयो । प्लेटतर्फ प्रज्वल प्रकाश प्रधानले धीर पुनलाई ३-१ ले र सुदीपबहादुर सिंहले दिलिप अधिकारीलाई ३-० ले हराएर फाइनलमा स्थान पक्का गर्नुभयो । त्यस्तै ब्वाइज यु-१९ तर्फ विकास मगरले पासाङ लामालाई ३-१ ले हराएर फाइनलमा स्थान बनाउनुभयो । यसै विधामा गोपाल थापाले सलिम थापामगरलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्नुभयो ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रोले नौ-नौ हजार पाउनुहुनेछ । महिलातर्फ विजेताले १८ हजार, उपविजेताले ११ र तेस्रोले ७-७ हजार पाउनुहुनेछ । यस्तै जुनियरतर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रोले चार-चार हजार पाउनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?