एक करोड बढी बिगो दाबीसहित मुद्दा दायर

Read Time = 2 mins

काठमाडौं । राजस्व अनुसन्धान कार्यालय बुटवलले बिहीबार राजस्व चुहावटसम्बन्धी मुद्दा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर गरेको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१३, बुद्धनगर स्थायी ठेगाना भएका साझा रेस्टुरेन्टका प्रोप्राइटर प्रकाश यादव र लुम्बिनी सांस्कृतिक नगरपालिका-१४ कालीमाटी बस्ने विष्णु यादवविरुद्ध मुद्दा दायर गरेको हो । साझा रेस्टुरेन्टका प्रोप्राइटर यादवद्वयले राजस्व चुहावटसम्बन्धी कसुर गरेकाले मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

प्रोप्राइटरद्वय यादवले आफ्नो फर्मका सम्पूर्ण कारोबारअनुसारको विवरण पेश नगरी, नियमानुसार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई कारोबार गर्नुपर्नेमा सो नगरी, भ्याटकर दाखिला गर्नुपर्नेमा सो नगरी कारोबारसमेत लुकाई कारोबारबाट प्राप्त रकममध्ये केही रकम आधिकारिक कारोबारमा समावेश गर्ने तर ठूलो परिमाणको बिक्रीलाई कारोबारभन्दा बाहिर राखी आयकर तथा भ्याट छली गरेको विभागले जनाएको छ ।

आयकरतर्फ ५१ लाख ४१ हजार नौ सय दुई र भ्याटतर्फ ५६ लाख ९४ हजार छ सय २१ गरी कुल बिगो रकम एक करोड आठ लाख ३६ हजार पाँच सय २३ रुपैयाँ असुल गरी शतप्रतिशत जरिवाना र हदैसम्मको कैदसमेत माग गर्दै मुद्दा दायर गरिएको विभागद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?