अब होटल बुकिङ पनि इसेवाबाट

Read Time = 1 min

काठमाडौं । इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । अबदेखि ग्राहकले इसेवा एपमार्फत् नेपालका कुनै पनि क्षेत्रका होटल बुक गर्न सक्ने कम्पनीले जनाएको छ ।

इसेवामा हाल होटल सूचीकरण कार्य जारी रहेको बताइएको छ । इसेवामा भएका होटलको सूची इसेवा होटल डटकममा गएर हेर्न सकिनेछ । इसेवामार्फत् शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्थासमेत रहेको थियो ।

इसेवाका होटल विभाग प्रमुख अनुज विष्टले भन्नुभयो, ‘विविध सेवालाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढावा दिने परिकल्पनाअनुसार हामीले अब होटलको सेवा सुरुवात गरेका छौँ । यसबाट ग्राहक र होटललाई सेवा मिल्नेछ भन्ने विश्वास लिएका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?