काठमाडौँ । इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको छ । जसमा प्यालेस्टिनी इस्लामिक जिहाद समूह (पीआईजे) का वरिष्ठ कमाण्डर तैसिर जबारी मारिएका छन् ।
आक्रमणमा थप १० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मारिनेमा एक बालिकासमेत रहेको बीबीसीले जनाएको छ ।
इजरायली सेनाका अनुसार इस्लामिक जिहाद समूहले वेस्ट बैङ्कका नेता बहा अबु अल-अताको गिरफ्तारीको जवाफमा आक्रमण गर्ने धम्की दिएको थियो।
आक्रमणमा मारिएका तैसिर जबरी अल-अतापछि कमाण्डर बनेका थिए । आक्रमणपछि इजरायली रक्षा बलले एक ट्वीटमा गाजाबाट इजरायलतर्फ २ घण्टामा ७० रकेट प्रहार गरेको बताएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन