काठमाडौंको पहिचान । वागमति नदी । फोहोरले कुरुप तर संरक्षणको पर्खाइमा रहेको नदीलाई चौतर्फी उपेक्षा गरिएको छ । वागमतिको उद्गम वाग्द्वार भए पनि पशुपति क्षेत्रसम्म आइपुग्दा आफ्नो कुरुप अवस्था भइसक्छ ।
हरेक शनिबार केही अभियन्ताहरूले वागमति सरसफाइ गरे पनि अपेक्षाकृत हुन सकेको छैन । अभियन्ताहरू वाग्मती सफाइमा अविछिन्न लागिरहे पनि नदी वरपरका बासिन्दाले ढल मिसाउँदा पानी दुर्गन्धित भएको देख्न सकिन्छ । उसो त मानव सभ्यतासँग जोडिएको नदी सफाइमा चेतना पर्याप्त भए पनि हेलचेक्र्याइँको परिणति वागमतिले भोगिरहेको छ ।
यसपालि हामीले सुन्दरीजलमा वागमति कलकल बग्ने पानी पशुपति क्षेत्रसम्म आइपुग्दा किन हेर्नै नसकिने दुर्गन्धको मारमा परेको छ भनेर लेन्स तेर्स्याएका छौं । कडा चेतनामूलक अभियान र समाजका सबै वर्गको सक्रिय सहभागिताका कारण फोहोरमैला र फोहोरको व्यवस्थापन गर्न सके वागमतिलाई पुरानै लयमा फर्काउन सकिन्थ्यो । सुन्दरीजलदेखि झन्डै मध्य काठमाडौंसम्मको वागमति सभ्यताको वास्तविकता तस्बिरमा हेरौं ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका