जुम्ला । तिला गाउँपालिकाका ३० वटा विद्यालयले विगतदेखि पाउँदै आएको दिवाखाजा र छात्राका लागी दिने सेनेटरी प्याडबापतको रकम रोकिएको बताएका छन् ।
गाउँँपालिकाको शिक्षा र लेखा शाखाको गैरजिम्मेवारीका कारण तेस्रो चौमासिकको रकम रोकिएको हो । दिवा खाजा कार्यक्रमको रकम विद्यालयको खातामा नआएपछि कार्यक्रम रोक्नु परेको तिलाका २७ वटा विद्यालय र तीन बालविकास केन्द्रले जनाएका छन् ।
तर, अभिभावकले भने विद्यालय र शिक्षकले नै रोकेको जस्तो व्यवहार गर्न थालेको सेतिवाडा माध्यमिक बिद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद अधिकारीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘पालिकाले तिलाका सबै बिद्यालयको दिवाखाजा र सेनेटरी प्याडबापतको रकम रोकेको छ ।’
रकम रोकिएका सबै बिद्यालयका प्रधानाध्यापकले यसको विरोध गरेको बताउनुभयाे । तर, पालिकाको शिक्षा शाखा र लेखाले चेक नकाटेको प्रतिकिया दिनुभयाे । उहाँका अनुसार सेतीवाडा बिद्यालयमा दुई सय ६ जना दिवाखाजा खाने बिद्यार्थी छन् । एक सय ९६ जना छात्रा छन् । यहाँ जम्मा तीन सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।
६४ लाख ३४ हजार ६ सय ८० रुपैयाँ फ्रिज
तिला गाउँपालिकाको शिक्षा शाखाका सहसंयोजक दिपेन्द्र हमालका अनुसार लेखाका कारण उक्त रकम रोकिएको हो । उहाँले भन्नुभयाे, ‘हाम्रो शाखाले सबै विद्यालयको छात्रावृृत्ति, दिवा खाजा, विद्यालय सञ्चालन अनुदान, पाठ्यपुस्तकलगायतको रकम बारे प्रक्रिया पूरा गरेर ७ असारमै लेखामा पठाएको हो ।’ तर लेखाले अन्य सबै शीर्षकको चेक काटेर दिवा खाजा र सेनेटरी प्याडको रकम भने रोकेको उहाँको भनाइ छ । उहाँका अनुसार तिलाका विद्यालयहरूले पाउने दिवाखाजाको ४७ लाख, पाँच हजार ६ सय ८० रुपैयाँ र सेनेटरीप्याडको १७ लाख २९ हजार गरी ६४ लाख ३४ हजार ६ सय ८० रुपैया फ्रिज गरेको हो ।
शिक्षा शाखाका सहसंयोजक हमालका अनुसार गतवर्ष अपुग छात्रावृत्रिको रकम पालिकाले थपेको थियो । यही कारण महालेखा परीक्षकको कार्यालयले २४ लाख बेरुजु देखाएको थियो । यही रकम असुल गर्न रकम नपठाएको हुनसक्ने उहाँले बताउनुभयाे ।
तिला गाउँपालिका-५ का पूर्व वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय सरकारले यो कार्यक्रम आफै लागु पर्नुपर्नेमा आएको रकम समेत रोक्नु गलत भएको बताउनुभयाे । उहाँले यो रकम तुरुन्त मिलाउन दबाब दिने बताउनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच