जबराविरुद्धको महाभियोग प्रस्तावमाथि संसदमा भोलिबाट छलफल

Read Time = 2 mins

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु हुने भएको छ।

संघीय संसद्का महासचिव भरतराज गौतमले आइतबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको छ ।

उक्त सार्वजनिक सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने जनाईको छ । आज सार्वजनिक गरिएको भोलिको कार्यसूचीमा चौथो नम्बरमा भनिएको छ, ‘मिति २०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने ।’

सत्ता गठबन्धनले महाभियोग दर्ता गरेको भएपनि त्यसलाई अगाडि बढाएको थिएन। तर, प्रमुख प्रतिपक्षी दलले महाभियोग प्रस्ताव अगाडि बढाउन सरकारलाई दबाब बढाउँदै आइरहेको थियो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?