जनप्रतिनिधिहरुले बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्छ : खेलकुदमन्त्री गहतराज

Read Time = 3 mins

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरुले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताउनु भएको छ ।

मन्त्री गहतराजले मुलुकमा विद्यमान बेरोजगारी समस्या, गरिवी, अभाव र अनिकालका समस्याहरु समाधानका लागि प्रदेशसभा र प्रतिनिधिसभाबाट आउने नयाँ जनप्रतिनिधिहरुले प्रयास गर्नुपर्ने बताउनु भएको हो । राष्ट्रिय युवा परिषदले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि प्रकृतिले नै अवसर दिएको उल्लेख गर्दै युवाहरुलाई निराश नहुन पनि पटकपटक आग्रह गर्नु भयो ।

पर्यटन र ठूला उद्योगधन्दा, कलकारखानाको स्थापना गरेर पनि मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न सकिने मन्त्री गहतराजको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘अव संघ र प्रदेशको निर्वाचनको मिति तय भईसकेको छ । र, त्यसमा जाँदा नयाँ प्रतिवद्धतासहित नयाँ जनप्रतिनिधिहरु हाम्रो बीचमा आउनेछन । उनीहरुले साँच्चीकै यो देशका बेरोजगारीका समस्याहरु, गरिवीका समस्याहरु, अभाव र अनिकालका समस्याहरुलाई सही ढंगले व्यवस्थापन गर्ने आधार साझा ढंगले खोज्नुपर्ने अवस्था छ । र, यसलाई लिएर जान्छौं । विकसित देशहरु कसरी विकसित भन्दाखेरी जहाँ छोयो, त्यहाँ पैसा फल्ने वातावरण बनाएको छ । हाम्रो त प्रकृतिले नै त्यो अवसर दिएको छ । हामीले त्यसलाई प्रयोग गर्न नसकिरहेको मात्रै हो । पर्यटकीय हिसावले हे¥यौं भने । अर्कोतर्फ ठूला उद्योगधन्दा,कलकारखानालाई व्यवस्थित गर्न सके यहाँ बेरोजगारीको समस्या हुँदैन । त्यसैले युवाहरु निराश हुनुपर्दैन ।’

मन्त्री गहतराजले मुलुकको विकास र समृद्धिका लागि वैदेशिक रोजगारबाट फर्केका युवाहरुको ज्ञान, सीप र अनुभव उपयोग गरेर अघि बढने गरी सरकारले आवश्यक गुरु योजना तय गरेर अघि बढने आश्वासन समेत दिनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?