देश र जनताको हितमा सबैले आ–आफनो क्षेत्रबाट योगदान पुर्‍याउन जरुरी छ : श्रममन्त्री कुँवर

Read Time = 2 mins
A A- A+

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

मन्त्री कुँवरले मन्त्रीको रुपमा आफूले पाएको जिम्मेवारी अस्थायी भएपनि सो पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताउनु भएको हो । राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले सक्दो योगदान पु-याउने आश्वासन समेत दिनु भयो । मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आ–आफनो क्षेत्रबाट योगदान पु-याउन जरुरी रहेको पनि बताउनु भयो । सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरुको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उहाँको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?