रोल्पामा एक महिलाको शव फेला

Read Time = 1 min
A A- A+

रोल्पा । रोल्पाको एक सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ स्थित निगालपानी सामुदायिक वन क्षेत्रमा शनिबार एक महिलाको शव फेला परेको हो ।

शव फेला पर्नेमा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ कि ४४ वर्षीया पानसरी घर्तीमगर रहेकी छन् ।

शुक्रबार बसहान बनमा दाउरा काट्न गएकी उनी बेलुकासम्म नफर्केपछि खोजी गर्दा शव फेला परेको हो । खोजी गर्ने क्रममा शनिबार बिहान ९ : १५ बजे मृतकको शव आफन्तले फेला पारेका थिए ।

शवको पोष्टमार्टम गरेर आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?